११ श्रावण २०८१, शुक्रबार

प्रदेशस्तरीय सञ्जाल गठन



धनगढी । उद्यम विकास सहजकर्ताले नरेशप्रसाद भट्टको अध्यक्षतामा ११ सदस्यीय प्रदेश नम्बर सातस्तरीय सञ्जाल गठन गरेको छ ।
सञ्जालको उपाध्यक्षमा पदमबहादुर ऐर, महासचिवमा देवसिंह ठगुन्ना, सचिवमा चाँदनी शाही, कोषाध्यक्षमा कुशुम जोशी चयन भएका छन् ।
उद्योग मन्त्रालयको समन्वयमा सञ्चालन गरिएको लघु उद्यम विकास कार्यक्रम र गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलगायत प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) बाट अध्ययन गरी विभिन्न संघसंस्थाहरूका कार्यरत दक्ष जनशक्तिको हकहीतका लागि सञ्जाल गठन गरिएको हो ।
कार्यक्रममा उद्यमशीलता विकाश तथा प्राविधिक शिक्षा नेपालका केन्द्रीय सचिव सुजितराज शर्माले पदभार तथा सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार