१८ मंसिर २०७९, आईतवार

जीप भिरमा खस्यो



धनगढी । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ७ को चिप्लेभिरमा जीप भीरबाट खसेको छ । दुर्घटनामा मानविय क्षति भने भएको छैन ।
सुगरखाल गइरहेको से १ ज ९२९ नम्बरको जीप मंगलबार बिहान भिरबाट करिब चार सय मिटर तल खसेको छ । चालक देवीराम देवकोटा भने हाम फालेर बाँच्न सफल भएका छन् ।
जीप पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्