११ श्रावण २०८१, शुक्रबार

अधिकारकर्मीहरूद्वारा हस्ताक्षर संकलन



धनगढी । कैलालीका महिला अधिकारकर्मीहरूले मंगलबार हस्ताक्षर संकलन गरेका छन् । बलात्कारीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै आन्दोलनका कार्यक्रम अघि सारेका अधिकारकर्मीहरूले आन्दोलन स्वरुप हस्ताक्षर संकलन गरेको जनाएको छ ।
सोमबारसम्म मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा धर्ना दिएका अधिकारकर्मीहरूले आन्दोलनलाई नयाँ–नयाँ स्वरूपमा अघि बढाइरहेको जनाएको छ । बलात्कार घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्नुपर्ने, घटनाको सहि तरिकाले अनुसन्धान गर्नुपर्ने, अपराधलाई हदैसम्मको कारबाही र पीडितलाई न्यायको व्यवस्था गर्नुपर्ने लगायतका माग पुरा नभएसम्म दवाव स्वरूप आन्दोलनलाई थप कडा बनाउँदै लगिने अधिकारकर्मी सावित्रा घिमिरेले बताइन् ।
यस्तै, महिला हिंसा विरुद्ध प्राज्ञिक विद्यार्थी परिषद नेपालले धनगढीमा विरोध र्‍याली गरेको छ । प्रदेशमा बढ्दै गएको बलात्कार, बलात्कारपछि हत्या लगायत महिला हिंसा न्यूनीकरणमा प्रदेश सरकारले ध्यान दिनुपर्ने माग गर्दै उनीहरूले धनगढीको पार्कदेखि ट्राफिक चौराहसम्म र्‍याली गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार