२२ असार २०७९, बुधबार

मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण



धनगढी । कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा सोमबार नगर स्तरीय मतदाता शिक्षा, नागरिक तथा राजनीतिक सहभागिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।
अभिमुखीकरण कार्यक्रमको गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायतले उद्घाटन गरेकी थिइन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा भएको कार्यक्रममा संघका कार्यक्रम संयोजक किरण पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष चक्र विकको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, गोदावरी नगरपालिकाका कार्यपालिकाका सदस्यहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन रोजी बस्नेतले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार