११ श्रावण २०८१, शुक्रबार

फेकोफन कैलालीको अध्यक्षमा सुवेदी



धनगढी । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) कैलालीको अध्यक्षमा डण्डीराज सुवेदी चयन भएका छन् ।
सोमबार भएको निर्वाचनमा उपाध्यक्षमा सृष्टि जोशी, सचिवमा लक्ष्मी भण्डारी र कोषाध्यक्षमा बिक्रम कुवँर चयन भएका छन् ।
त्यस्तै, सदस्यमा शान्ति बिक, निर्मला बम, कर्णबहादुर रावल, सरिता रावल, अम्मरसिंह डंगौरा, हिमाकुमारी बोहरा, जगतबहादुर रावल, पम्फादेवी जैशी, बिन्द्रा चौधरी, सम्पत चौधरी, श्याम खत्री, जौमति धामी, किसनसिंह साउँद, मैनादेवी ढकाल, धिरेन्द्र शाही, बलबहादुर रावल, गंगादेवी जैशी, भिखुलाल डंगौरा र सुनिता डंगौरा चयन भएका छन् ।
निर्वाचन समिति संयोजक श्री शेरबहादुर साउँदका अनुसार सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको विधान २०५२ (पाँचौ संशोधित २०७३) साँगठनिक नियमावलि २०५५ (चोथो संशोधित २०७४) अनुसार प्रत्येक स्थानीय महासंघबाट आउने अध्यक्ष सहितका दुई जना स्वत जिल्ला सदस्य हुने प्रावधान रहेको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सोमबार नै सपथ ग्रहण गराइएको थियो ।
निर्वाचन समिति सदस्य अधिवक्ता डाक्टर जानकीकुमारी तुलाधारले बधाई तथा शुभकामना दिँदै संस्था विधि विधानले चल्ने भएकोले नियमानुसार भएको समितिले संस्थाको हितमा काम गर्नेमा आफू विश्वस्त रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार