२२ असार २०७९, बुधबार

सामुदायिक वन महासंघको निर्वाचन आज



धनगढी । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन), कैलालीको नयाँ नेतृत्वका लागि आज (सोमबार) निर्वाचन हुने भएको छ ।
फेकोफनको अध्यक्षका लागि डण्डीराज सुवेदी र कर्णबहादुर रावल उम्मेदवार रहेका छन् । फेकोफन कैलालीको गत जेठ १५ गते पाँचौ जिल्ला अधिवेशन उद्घाटन भएर बन्द सत्र समेत शुरु भए पनि निर्वाचन प्रक्रियामा विवाद भएपछि स्थगित भएको थियो । अधिवेशनमा जिल्लाका १३ वटा स्थानीय वन उपभोक्ता महासंघमध्ये १२ वटा स्थानीय महासंघका २४ जना जिल्ला प्रतिनिधिको प्रतिनिधित्व रहेको थियो ।
अध्यक्षसहित पदाधिकारी चयनका लागि बसेको बन्द सत्रमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष गरी मुख्य चार पद छनौट प्रक्रियामा विवाद भएपछि सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको विधान २०५२ (पाचौ संशोधित २०७३) साँगठनिक नियमावलि २०५५ (चौथो संशोधित २०७४) अनुसार निर्वाचन समितिले निर्वाचनका स्थगित गरेको थियो ।
केन्द्रीय न्यायिक समितिले कैलाली मै आएर छानविन गरी आफ्नो प्रतिवेदनमा कैलाली जिल्ला फेकोफनको विवाद मिलाउन निर्वाचन प्रक्रियामा जान उपयुक्त हुने भनि केन्द्रीय सचिवालयमा प्रतिवेदन पेश गरी सकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार