१८ मंसिर २०७९, आईतवार

महिला अधिकारकर्मीद्वारा आन्दोलन जारी



धनगढी । कैलालीका महिला अधिकारकर्मीहरूले बलात्कार घटनामा संलग्न अपराधीलाई कारवाहीको माग गर्दै आन्दोलनका कार्यक्रम जारी राखेका छन् ।
शनिबार धनगढीको ट्राफिक चौराहदेखि जिल्ला प्रशासन कार्यालयसम्म विरोध र्‍याली निकालेका अधिकारकर्मीहरूले आइतबार सिटी जुलुस निकाले ।
उनीहरूले धनगढीको ट्राफिक चौराहदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयसम्म सिटी जुलुस निकालेका थिए ।
अधिकारकर्मीहरूले बलात्कार घटनामा गहन अनुसन्धान गर्नुपर्ने, अपराधीलाई हदैसम्मको कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए ।
कार्यक्रममा महिलाका क्षेत्रमा काम गरिरहेका विभिन्न संघ/संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्