२२ असार २०७९, बुधबार

बलात्कारका घटना विरुद्ध र्‍याली



धनगढी । कैलालीका महिला मानवअधिकारकर्मीहरूको अगुवाईमा शनिबार धनगढीमा बलात्कारका घटना विरुद्ध र्‍याली प्रर्दशन गरिएको छ ।
संयूक्त महिला अधिकारकर्मीको आयोजनामा धनगढीको ट्राफिक चौकदेखि जिल्ला प्रशासन कार्यालयसम्म र्‍याली निस्केको थियो । बलात्कार घटनाको सहि तरिकाले अनुसन्धान गर्नुपर्ने, अपराधीलाई हदैसम्मको कारबाही र पीडितलाई न्यायको व्यवस्था गर्नुपर्ने उनीहरूले माग गरे ।
र्‍यालीपछि आयोजित कोणसभामा दलित महिला अधिकार मञ्चकी कार्यकारी निर्देशक सावित्रा घिमिरेले कैलाली र कञ्चनपुरमा बढ्दै गएका बलात्कारका घटनाले अहिले छात्राहरू विद्यालय पढ्न र महिलाहरू जागिर जान समेत डराउनुपर्ने अवस्था सिर्जना भएको चर्चा गरिन् ।
कार्यक्रममा महिलाका क्षेत्रमा काम गरिरहेका विभिन्न संघ/संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार