११ श्रावण २०८१, शुक्रबार

मौरीपालक महासंघमा पौडेल



गोरीगंगा । नेपाल मौरीपालक महासंघ गौरीगंगा नगरपालिका समितिमा घनश्याम पौडेल अध्यक्षमा चयन भएका छन् ।
शनिबार मसुरियामा भएको एक भेलाले पौडेलको अध्यक्षतामा आठ सदस्यीय नगर समितिको चयन गरेको थियो ।
समितिको उपाध्यक्ष सीतादेवी ढकाल, सचिव गौरीलाल कडेल र कोषाध्यक्ष उमानन्द आचार्य तथा सदस्यमा डण्डपानी सापकोटा र खगेश्वर सुवेदी रहेका छन् ।
यसअघि भेलाको नेपाल मौरीपालक महासंघका केन्द्रीय महासचिव मोहनराज खनालले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम नेपाल मौरीपालक महासंघ कैलालीका अध्यक्ष पवनकुमार बोगटीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको सञ्चालन गौरीगंगा नगर भेला आयोजक समितिका संयोजक पिताम्बर पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार