१२ श्रावण २०८१, शनिबार

मानवअधिकार निगरानी समूहद्वारा चिकित्सकहरूसँग छलफल



धनगढी । मानवअधिकार निगरानी समूहले सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित चिकित्सकहरूसँग छलफल गरेको छ ।
बाल हेल्पलाईनकी मथुरा कुँवरको नेतृत्वमा गएको टोलीले अस्पतालमा कार्यरत केही चिकित्सकको विरामीप्रति राम्रो व्यवहार नभएको, अस्पतालमा स्वास्थ्य विमाका विमित र सामाजिक स्वास्थ्य ईकाइबाट सिफारिस गरेर आएका विरामीहरूले नि:शुल्क रूपमा औषधि पाउन नसकेकोबारे मेडिकल सुपरिटेन्डेन्टसँग छलफल गरेको थियो ।
छलफलका क्रममा अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले प्रदेशको रिफरल सेन्टरका रूपमा रहेकोले सेती अञ्चल अस्पतालमा ठूलो संख्यामा बिरामी आउने गरेको जानकारी दिएका थिए । डाक्टर गौतमले अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरका साथै चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवहारमा सुधार ल्याउन निरन्तर प्रयास भइरहेको बताए ।
उनले बलात्कार लगायतका संवेदनशील घटनामा अस्पताल प्रशासन सधै गम्भीर र संवेदनशील रहेको बताए । उनले केही दिनअघि एक जना बलात्कृत बालिकाप्रति चिकित्सकले गरेको दुव्र्यवहारका बारेमा कर्मचारीसँग बुझ्ने र सुधार गर्नका लागि चेतावनी दिने प्रतिवद्धता व्यक्त गरे ।
अस्पतालसंग न्युन बजेट रहेकाले माग अनुसारको औषधि आपूर्ति गर्न नसक्दा फार्मेसीमा अतिआवश्यक बाहेकका अन्य औषधिहरू अभाव भइरहने गरेको डाक्टर गौतमले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार