१२ श्रावण २०८१, शनिबार

वनको साझा सवालबारे गोष्ठी



धनगढी । वनसम्बन्धी विविध पक्षमा शुक्रबार धनगढीमा स्थानीय सरकार तथा सामुदायिक वन समितिका प्रतिनिधिको सहभागितामा छलफल भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ, धनगढी नगर स्तरीय समिति र धनगढी उपमहानगरपालिकाको आयोजनामा सो कार्यक्रम भएको थियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, कैलालीका जिल्ला वन अधिकृत नवराज काफ्ले, ईलाका वन कार्यालय धनगढीका प्रमुख भरत शाह, नगर क्षेत्रका ६१ वटा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सामुदायिक वनका मुख्य सवाल र स्थानीय सरकारको भूमिका, छाडा पशुचौपाया व्यवस्थापन, सामुदायिक वनको जग्गा अतिक्रमण, वन पैदावार संकलनमा कानुनी असहजता, जंगलभित्रका अनावश्यक वाटो र नदी कटान लगायतका विषयमा छलफल भएको जनाइएको छ ।
सो अवसरमा जिल्ला वन अधिकृत काफ्लेले सामुदायिक वन संरक्षणमा उपभोक्ताहरूको योगदानका कारण बन विनासमा ठूलो सहयोग पुगिरहेको चर्चा गरेका थिए ।
कार्यक्रममा सामुदायिक वन विकास मार्गदर्शनमा भएका मुख्य प्रावधानहरू र सामुदायिक वन उपभोक्ता महासंघको वारेमा छुट्टाछुट्टै प्रस्तुति गरिएको थियो ।
महासंघ अध्यक्ष डण्डीराज सुवेदीले सामुदायिक वनको आन्तरिक सुशासन कायम गर्न ६१ वटै सामुदायिक वन समूहमा वार्षिक साधारण सभा, सार्वजनिक सुनुवाई, लेखापरिक्षण, समूहको प्रोफाईल निर्माण कार्य भइरहेको जानकारी दिए ।
कार्यक्रम महासंघका अध्यक्ष सुवेदीको अध्यक्षता भएको थियो । संस्थाका कोषाध्यक्ष प्रेमकला सोवले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर महासंघ सदस्य धर्मराज ओझाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार