१२ श्रावण २०८१, शनिबार

फाष्टफुडसम्बन्धी तालिम शुरु



धनगढी । पूर्वकमलहरीहरूका लागि धनगढीमा शुक्रबारदेखि फास्टफुड सम्बन्धी तालिम शुरु भएको छ । तालिम तीन महिनासम्म सञ्चालन हुने जनाइएको छ ।
बेस कैलाली, स्टिम परियोजनाको आर्थिक सहयोग र देव ट्ेरनिङ एण्ड म्यानेजमेण्ट सेन्टरको आयोजनामा भएको तालिमको उद्घाटन स्टिमका डेपुटी प्रोग्राम म्यानेजर सुमित्रा थारूले गरेकी थिइन् ।
तालिम उद्घाटन कार्यक्रम धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य भूमिराज जोशीको अध्यक्षतामा भएको थियो ।
तालिममा धनगढी उपमहानगरपालिकाका १३, गौरीगंगा नगरपालिका एक र कैलारी गाउँपालिका छ जना गरी २० जनाको सहभागिता रहेको छ । सहभागीहरूलाई भोजराज पाण्डे र टिकेश्वरी चौधरीले प्रशिक्षण दिइरहेका छन् ।
सहभागीहरूलाई तीन महिनासम्म खाना तथा नास्ता परिकारहरू बनाउन सिकाई सिटिईभिटिबाट पास गरेका प्रशिक्षार्थीहरूलाई सर्टिफिकेटका आधारमा ऋण उपलब्ध गराई स्वरोजगर बनाउने तालिमको उद्देश्य रहेको केन्द्रका तालिम संयोजक चन्द्र ताम्राकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार