१२ श्रावण २०८१, शनिबार

नेपालद्वारा नेदरल्यान्ड्स १ रनले पराजित



काठमाडौँ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल १ रनले विजयी भएको छ । अन्तिम बलमा २ रन चाहिएको स्थितिमा कप्तान पारस खड्काले रनआउट गरेपछि नेपाल विजयी भएको हो ।
नेपालले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्स अन्तिम बलमा २ सय १५ रन जोड्दै अलआउट भएको हो ।
नेदरल्यान्ड्सका लागि वेस्ली बरेसीले सर्वाधिक ७१ रन जोडे । नेपालका सन्दीप लामिछानेले ३ तथा ललितसिंह भण्डारीले २ विकेट हात पारे ।
नेपाल र नेदरल्यान्ड्सबीच जारी दोस्रो वान-डेमा नेपालले घरेलु टोलीसामु २ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाए । कप्तान पारसले ६९ बलमा ६ चौका र २ छक्कासहित ५१ रन जोडे ।
आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ४६ बलमा ५ चौका र ३ छक्काको मदतले ६१ रन बनाए। दीपेन्द्रसिंह ऐरी र डेब्यु गरिरहेका सुवास खकुरेलले १९-१९ रन जोडे। नेपाललाई ४९ औं ओभरमा अलआउट गर्ने क्रममा नेदरल्यान्ड्सका लागि क्लासेनले सुरुआती ३ विकेट लिए। माइकल रिप्पोन र पिटर सिलारले २-२ विकेट हात पारे।
बुधबार पहिलो खेलमा प्रतिस्पर्धा गर्दै नेपाल आधिकारिक रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने २३ औं राष्ट्र बनेको थियो। नेदरल्यान्ड्सलाई १ सय ८९ रनमा अलआउट गरेको नेपालले पहिलो खेलमा सानदार सुरुआत गर्नेक्रममा १ विकेट गुमाई ८५ रन बनाइसकेको थियो। तर ४९ रनमा बाँकी ९ विकेट गुमाएको नेपाल ४१.५ ओभरमा १ सय ३४ रनमै अलआउट भइ पराजय बेहोर्न बाध्य भएको थियो।
तर नेपालले एमस्ट्राडमको एमस्टलभिनको भीआरए मैदानमा पहिलो खेलमा ५५ रनको पराजय भोगेको थियो। शुक्रबारको खेल जित्दै दुई खेलको शृंखला बराबरी गर्ने दाउ नेपालको रहेको छ।

कान्तिपुर

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार