१२ श्रावण २०८१, शनिबार

दिनेश फाउन्डेशनद्वारा रक्तदान



धनगढी । दिनेश फाउण्डेशनले शुक्रबार धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा दिनेश गु्रपका कर्मचारी तथा सशस्त्र प्रहरी लगायत एक सय १२ जनाले रक्तदान गरेको जनाइएको छ ।
वर्षायाममा बिरामीको चाप बढ्ने तथा रगतको कमी हुने सम्भावनालाई दृष्टिगत गरी कार्यक्रम आयोजना गरिएको दिनेश ग्रुपका जनरल म्यानेजर रविन श्रेष्ठले बताए । उनले सामाजिक उत्तरदायित्व वहन गर्न हरेक वर्ष रक्तदान लगायतका रचनात्मक गतिविधि आयोजना गर्ने गरिएको बताए ।
यसैबीच, दिनेश ग्रुपले दर्जनौ पटक रक्तदान गरेका पत्रकार दीपक उपाध्यायलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार