११ श्रावण २०८१, शुक्रबार

नगरप्रमुखको कार्यकक्षमा तालाबन्दी



सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा नेपाल विद्यार्थी संघ घोडाघोडी समितिले नगर प्रमुखको कार्यकक्ष तथा शिक्षा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहीबार तालाबन्दी गरेको छ ।
नगर प्रमुख ममताप्रसाद चौधरीले मनोमानी तरिकाले नगर क्षेत्रभित्र रहेका विद्यालयलाई समायोजन गरेको विरोधमा तालाबन्दी गर्नु परेको नेविसंघले जनाएको छ ।
नगर क्षेत्रमा रहेको ५७ विद्यालयमध्ये चार विद्यालय समायोजन गरेका र नौ विद्यालयको कक्षा तह घटुवा गरेको भन्दै नेविसंघले आन्दोलित अघि बढाएको छ ।
नेविसंघ घोडाघोडी नगर समितिका सभापति कलकजंग सिंहले नगरप्रमुखले विद्यार्थीको मागको सुनुवाई नगरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार