२७ आश्विन २०८१, आईतवार

टेलिफोन कुराकानीको दुरुपयोग गरियो– मुख्यमन्त्रीको सचिवालय



धनगढी । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग मंगलबार बिहान १० बजे गरिएको टेलिफोन कुराकानीलाई विद्युतीय ऐन विपरित सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको घटनाप्रति मुख्यमन्त्रीको सचिवालयको ध्यानाकर्षण जनाएको छ ।
मुख्यमन्त्रीसँग टेलिफोनमा गरिएको कुराकानी गैरकानुनी तवरबाट रेकर्ड गरी विद्युतीय ऐन विपरित गोपनीयताको ख्याल नगरी मानमर्दन गरेको प्रति मुख्यमन्त्रीको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।
बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले टेलिफोनमा गरिएको संवादलाई राजनैतिक पूर्वाग्रही तवरले सामाजिक संजाल मार्फत जनतामा भ्रम फैलाउन सामाजिक सञ्जालमा राखिनु गैरकानुनी भएको भन्दै ध्यानकर्षण भएको बताइएको छ ।
साउन १५ गते बिहान १० बजे डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले टेलिफोनमा गरेको संवादलाई मुख्यमन्त्रीको पदीय गरिमा र मर्यादालाई ख्याल नगरी राजनीतिक पूर्वाग्रहले व्यक्तिगत चरित्र हत्या गर्न खोजिएको सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । गोपनीयता र सूचनाको हक सम्बन्धि ऐन २०६४ र विद्युतीय कारोवार ऐन २०६३ लाई पनि ख्याल नगरी जनतामा भ्रम पार्न गरिएको प्रचारप्रति गम्भीर ध्यानार्कषण भएको बताइएको छ ।
प्रदेशको नाम र स्थायी राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको र प्रदेशसभावाट संसदीय सुझाव समिति गठन भई क्रियाशील रहेका बेला प्रदेश सरकार र मुख्यमन्त्रीलाई लक्षित गरी भएको टेलिफोन संवादलाई तोडमोड गर्दै अमर्यादित तवरले सामाजिक सञ्जालमा पोष्ट गरिनुले डोटीको दिपायलमा राजधानी बनाउने उद्देश्य भन्दा पनि राजनीतिक पूर्वाग्रहवाट ग्रसित भएको उल्लेख छ ।
यस्ता भ्रमवाट विचलित नहुन जनसुदायमा आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ– ‘डोटीको समग्र विकास तथा समृद्धि र न्यायका लागि चुनावताका गरिएका प्रतिवद्धताप्रति मुख्यमन्त्री दृढ हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार