गाडीको ठक्करबाट एकको मृत्यु
धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा नगरपालिका ८ गोप्चा मा गाडीको ठक्करबाट १ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
नेपालगन्ज बाट धनगढी आउँदै गरेको से १ ज ६३५ नम्बरको विङ्गरले ठक्कर दिँदा ५५ वर्षीय साइकल यात्रीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकल यात्रीले बाटो काट्ने क्रममा भ्यानको ठक्करबाट मृत्यु भएको र भ्यान बिजुलीको पोलमा ठोक्किँदा भ्यानमा सवार ७ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको र मृतको अहिलेसम्म परिचय नखुलेको प्रहरीले बताएको छ ।