१२ श्रावण २०८१, शनिबार

सुरक्षा भत्ता बृद्धिको माग गर्दै विरोध सभा



लम्की । सामाजिक सुरक्षा भत्ता बृद्धिको माग गदै मंगलबार कैलालीको लम्कीमा विरोधसभा भएको छ ।
बेसहारा बृद्धबृद्धा समाज संघर्ष समिति लम्की कैलालीको आयोजनामा गरिएको बृहत विरोध आमसभामा यस लम्कीचुहा नगरपालिकाका विभिन्न वार्डका साथै अन्य गाउँबाट सयौंको संख्यामा असहाय, अशक्त, एकल महिला तथा बृद्धबृद्धाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बेसहारा बृद्धबृद्धा समाज संघर्ष समितिका संयोजक रंगनाथ ढकालले वर्तमान सरकारले बृद्धभत्ता बृद्धि गर्नुको साटो उल्टै कर लगाएकोमा आक्रोस व्यक्त गरे ।
कार्यक्रममा बोल्ने सहभागी बृद्धबृद्धाहरूले सरकार जनताको हित विपरित अगाडि बढी रहेको आरोप लगाए ।
संघर्ष समितिका संयोजक ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन ईश्वरी प्रसाद देवकोटाले गरेका थिए ।
कार्यक्रममा दिलबहादुर साउँद, कोकिला देवल, तेजबहादुर थापा, विष्णुभक्त ढकाल, टेकबहादुर भण्डारी, गोकर्णप्रसाद बजगाई, सूर्यकान्त बजगाई, रविलाल कडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार