१८ मंसिर २०७९, आईतवार

नाली निर्माण अलपत्र



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पसचोकदेखि बुद्धचोकसम्म निर्माण भइरहेको नालीको निर्माण कार्य अलपत्र परेको छ । असार मसान्तसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरेको श्री बाराही अजिमा निर्माण सेवाले सम्झौता अवधि सकिएपछि निर्माणको काम अलपत्र छोडेको आरोप लगाइएको छ ।
हुलाकी सडक आयोजना अन्तर्गत ८३ लाख रुपैयाँको लागतमा नाली निर्माणको काम सुरु गरे पनि आयोजना र ठेकेदारको लापरवाहीले निर्माण कार्य अलपत्र परेको स्थानीयको आरोप छ । हुलाकी सडक आयोजनाले असारभित्र नालीमा ढक्कन लगाउने दावी गरे पनि साउनको दोसो साता बित्दासम्म कुनै चासो देखाएको छैन ।
६ महिनामा नाली निर्माण कार्य सक्ने गरी गत माघमा ठेक्का सम्झौता गरेको निर्माण सेवाले अन्तिम म्यादसम्म ५० प्रतिशत मात्र काम गरेको बताइएको छ ।
हुलाकी सडक आयोजना तथा उपमहानगरमा दैनिक धाएपनि अलपत्र अवस्थामा रहेको नाली निर्माणका बारेमा कसैले चासो नदेखाएको स्थानीय दिलबहादुर सिहंले बताए ।
हुलाकी सडक आयोजनाका इन्जिनियर नरेन्द्र ओझाले असारभित्रै ढक्कन लगाइने दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्