१२ श्रावण २०८१, शनिबार

एक दिने उसु निर्णायक गोष्ठी



धनगढी । सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले सात नम्बर प्रदेशका खेलाडीहरूले खेलमा महत्त्वपूर्ण योगदान गरेका बताएका छन् ।
मन्त्री सोडारीले प्रदेश नम्बर सातस्तरीय एक दिने उसु निर्णायक गोष्ठी तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपाधि दिलाउन यस क्षेत्रका खेलाडीको अमूल्य योगदान रहेको बताए ।
कैलाली जिल्ला उसु संघ धनगढी तथा कैलाली जिल्ला उसु प्राविधिक संघ धनगढीको आयोजनामा भएको कार्यक्रममा विभिन्न माध्यमबाट खेदकुदमा योगदान पुर्‍याउन व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद पूर्व सदस्य प्रकाशसिंह विष्ट, कैलाली जिल्ला उसु प्राविधिक संघ संयोजक राजिव गुप्ता, सुर्खेतका सहायक उसु प्रशिक्षक रमेश तुलाचन, सुदूरपश्चिम यातायात व्यवसायी संघ अध्यक्ष देवीलाल जोशी, डाक्डर प्रमोद जोशी, थ्री स्टार इंगलिस कोर्डिङ स्कूलका संस्थापक गोपाल शर्मा, व्यवसायी जोगगिरी धामीलगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संघका अध्यक्ष दृश्यन्त बस्नेतको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार