७ चैत्र २०८१, शुक्रबार

नेपाली काँग्रेसद्धारा विरोध प्रदर्शन



धनगढी । नेपाली काँग्रेसले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा मंगलबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । धनगढीको चौराहाबाट सुरु भएको र्‍याली पार्कमोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा नेता तथा कार्यकर्ताहरूले वर्तमान सरकार अधिनायकवाद तर्फ उन्मुख भएको, राज्य आतंक बढेको, महंगी र कर बढेकोमा चर्को नारा लगाएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा कम्युनिष्ट शासन लादन खोजेको आरोप लगाए । उनले कम्युनिष्ट जित्दा देशले हारेको बताउँदै सविधान र गणतन्त्र समेत खतरामा परेको भन्दै चिन्ता व्यक्त गरे । काँग्रेसले जित्दा देशले जित्ने र हार्दा देशले हार्नु परेको बताए ।
उनले सरकारले मूल्यवृद्धि, महगी, करबृद्धि र भ्रष्टाचार बृद्धि गरेर जनतालाई क्रान्तिकारी परिवर्तनको उपहार दिएको टिप्पणी गरे ।
उनले संविधानमा एउटै पार्टीको सभामुख र उपसभामुख नहुने व्यवस्था भए पनि सरकारले त्यसमा निहु खोजिरहेको आरोप लगाए ।
उनले दिनप्रतिदिन हत्या, हिंसा, बलात्कार लगायतका अपराधका घटना बढिरहेको भन्दै लेखकले सरकार त्यसमा गम्भीर नभएको बताए ।
विरोध सभामा नेता चन्द्रसिंह भट्टराई, पूर्व राज्य मन्त्री दीर्घराज भाट र कैलाली सभापति नरनारायण शाह तथा पूर्व जिल्ला सभापति गोविन्दराज जोशीले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार