२२ असार २०७९, बुधबार

सहिद मनोज–झपेन्द्र स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम



धनगढी । सहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा मंगलबार धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति कैलालीको आयोजनामा भएको कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।
प्रदेश ७ स्थित सामाजिक मन्त्रालयमा आयोजित रक्तदान कार्यक्रममा प्रदेश ७ का सांसद पूर्णा जोशी, गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायत लगायत संगठनमा आवद्ध कर्मचारीहरु, पेशागत संघ–संस्थाका व्यक्तिहरुले स्वस्फुर्त रूपमा रक्तदान गरेर सहभागिता जनाएका थिए ।
सहिद मनोज–झपेन्द्र स्मृति दिवसको अवसरमा रक्तदान गरेर समाजिक उत्तरदायित्व बहन गर्न पाउँदा आफूलाई गौरव महसुश भएको सांसद पूर्णा जोशीले बताइन् । कार्यक्रमको उद्घाटन पेशागत महासंघका केन्द्रिय अध्यक्ष विश्वनाथ प्याकुरेले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्याकुरेलले नेपाल निजामती कर्मचारी संगठनले जनताको मन जित्ने गरी सेवाप्रबाह गर्दै आएको बताए ।
नेपाल निजामती कर्मचारी संगठन कैलालीका अध्यक्ष श्यामराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय उपाध्यक्ष रामचन्द्र जोशी, पेशागत संगठन इन्चार्ज श्यामराज पाण्डेय, सांसद पूर्णा जोशी, गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार