१२ श्रावण २०८१, शनिबार

बालिका बलात्कार तथा हत्या घटना : विप्लव अखिलद्वारा प्रदर्शन



धनगढी । प्रदेश ७ मा बलात्कार तथा हत्याका शृंखलामा बृद्धि भइरहेको विरोधमा विप्लव माओवादी पार्टी निकट अखिल (क्रान्तिकारी) ले सोमबार कैलालीका विभिन्न स्थानमा प्रदर्शन गरेको छ ।
विप्लव निकट अखिलले बलात्कार तथा हत्या घटनामा संलग्न अपराधीलाई चाडो पत्ता लगाई कडा कारवाहीको माग गर्दै धनगढी, लम्की, अत्तरिया लगायतका स्थानमा प्रदर्शन गरेको थियो ।
विरोध प्रदर्शनपछिको कोण सभामा अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष बबरजंग सिंहले बलात्कार तथा हत्यामा संघलग्न अपराधीलाई कडा कारबाहीको माग गरे ।

बालिका निर्मलाको दाहसंस्कार गरियो
पाँच दिन अघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको सोमबार महाकाली आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । मृतक बालिकाका बुबा यज्ञराज पन्तले उनको पार्थिव शरीरमा दागवत्ती दिएका थिए ।
आइतबार राति जिल्ला प्रहरी कार्यालयमा प्रशासन र मृतकका परिवार तथा आफन्तबीच सहमति भएपछि चार दिनपछि शव बुझेका थिए ।
भीमदत्त नगरपालिका वडा नम्बर २ महुलिया, उल्टाखाम घर भएकी निर्मलाको बिहीवार बलात्कारपछि हत्या भएको थियो । बिहीबार दिउसो साथीको घरमा पढाई गरेर साइकलमा घर फर्किने क्रममा उनी वेपत्ता भएकी थिइन् । उनको शुक्रबार बिहान अर्धनग्न अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार