११ श्रावण २०८१, शुक्रबार

बस दुर्घटनामा १२ घाइते



धनगढी । कैलालीको वनबेहडामा बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जनाजति घाइते भएको प्रहरीले जनाएको छ ।
कैलालीको टीकापुरबाट धनगढी आउँदै गरेको से १ ख १६६१ नम्बर बस मोटरसाईकललाई बचाउँन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सँगै आउँन लागेको मोटरसाईल ओभरटेक गरेर अगाडि बढ्ने क्रममा बसमा ठोक्कीएर ढलेपछि सो मोटरसाईकललाई बचाउँन खोज्दा बस पल्टिएको ईलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार