नागरिकता तथा राहदानी बनाउनेको संख्यामा बृद्धि
सुखड । कैलालीको सुखडमा रहेको ईलाका प्रशासन कार्यालयबाट पछिल्लो समयमा नागरिकता तथा राहदानी बनाउनेहरूको संख्या बढ्दै गएको छ ।
इलाका प्रशासन कार्यालय सुखडको तथ्यांकअनुसार हालसम्म ११ हजार तीन सय ९७ जनाले नागरिकता बनाएका छन् । त्यस्तै, हालसम्म छ सय पाँच जनाले राहदानी (पासपोर्ट) बनाएका छन् ।
आर्थिक वर्ष २०७३/०७४ मा इलाका प्रशासन कार्यालय सुखडबाट तीन हजार एक सय १४ जनाले नागरिकता बनाएका थिए । सो आर्थिक वर्षमा दुई सय दुई जनाले राहदानीका लागि सिफारिस लिएको इलाका प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा चार सय तीन जनाले राहदानी बनाएका छन् भने आठ हजार दुई सय ८३ जनाले नागरिकता प्रमाणपत्र लिएका छन् ।
इलाका प्रशासन सुखडले घोडाघोडी नगरपालिका, बर्दगोरिया गाँउपालिका तथा महोन्याल गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिरहेको छ ।