धनगढी डान्स च्याम्पियनसीप आयोजना हुंदै



धनगढी । धनगढीमा डान्स च्याम्पीयनसीप आयोजना हुने भएको छ । द ट्वीन्स अ कम्प्लीट ईन्स्टिट्युट अफ डान्सको आयोजनामा सो रियालिटी शो हुने जनाइएकोछ ।
आयोजक द ट्वीन्सका निर्देशक केशव बलायरका अनुसार प्रतियोगिताको पहिलो अडिसन आगामी २६ गते धनगढीमा र भदौ २ गते अत्तरियामा हुने बताए ।
प्रतियोगिताको विजेताले ५५ हजार पाँच सय ५५, उपविजेताले २२ हजार दुई सय २२ र तृतियले ११ हजार एक सय ११ रूपैया पुरस्कार पाउने आयोजकले जनाएको छ ।
त्यस्तै नृत्य र गायनका क्षेत्रमा राष्ट्रिय स्तरमा टेलिभिजन रियालिटी शोमा यहाका कलाकारले राम्रो प्रगति गरिरहेको भए पनि स्थानीय स्तरबाट यो कार्यक्रमले आधार तयार गर्ने नृत्य निर्देशक गोबिन्द मुखियाले बताए ।

प्रतिक्रिया दिनुहोस्