७ पुष २०८१, आईतवार

गुरुलाई सम्मान गर्दै गुरूपूर्णिमा मनाइयो



धनगढी । ज्ञानशिक्षा प्रदान गर्ने गुरुहरूप्रति उच्च सम्मान व्यक्त गर्दै शुक्रबार गुरूपूर्णिमा मनाइएको छ । यस क्रममा कैलालीका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरिएका छन् ।
गुरु पूर्णीमाको अवसरमा शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरस्थित पञ्चोदय माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूले शिक्षकहरूलाई नमन कार्यक्रम गरेका छन् ।
सो अवसरमा हाल कार्यरत तथा पुर्व शिक्षकहरूलाई दोसल्ला ओढाएर तथा फूलमाला पहिराएर सम्मान गरियो ।
कार्यक्रम अग्रज शिक्षक रामचन्द्र शर्माको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको अध्यक्षता पूवै विद्यार्थी बब्लु चौधरीको अध्यक्षतामा भएको थियो । पञ्चोदय उमावि २०२२ सालमा स्थापना भएको हो ।
नमन कार्यक्रममा पञ्चादेय माविका पूर्व प्रधानाध्यापक यादवप्रसाद जोशी, पूर्व विद्यार्थी तथा प्रदेश ७ का सांसद डिल्लीराज पन्त, फाया नेपालका अध्यक्ष समेत रहेका शेरबहादुर बस्नेत लगायतले धारणा व्यक्त गरेका थिए ।
गुरु पूर्णीमाको अवसर पारेर स्थापनाका समयमा अध्यापन गराएका शिक्षक तथा अध्ययन गरेका विद्यार्थीहरूले कार्यक्रमले सबैसंग जमघट हुने मौका जुराएकोमा धन्यवाद दिएका थिए । यस्तै, गुरु पूर्णीमाको अवसर पारेर विद्यालयमा अध्यापन गराएका तर दिवंगत भएका शिक्षकहरूको सम्झनामा वृक्षारोपण समेत गरिएको छ ।
पूर्व विद्यार्थी किशनसिंह टेरले स्वागत गरेको कार्यक्रमको संचालन पूर्व विद्यार्थी श्याम पाठकले गरेका थिए ।

कैलालीको जानकी गाउँपालिकामा गुरु पुर्णिमाको अवसरमा पतञ्जली योग समितिको आयोजनामा अग्नीहोत्र तथा वृक्षारोपण गरियो । कार्यक्रमको गाउंपालिका अध्यक्ष प्रदिपकुमार चौधरीले उद्घाटन गरे । कार्यक्रम जानकी गाउपालिका स्तरिय पतञ्जली योग समितिका अध्यक्ष जित बहादुर चौधरीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा सरस्वती माध्यामिक विद्यालय परिसरमा शमी, रक्तचन्दन, दौनाबेबरी र तुलसीका गरी एक सय विरुवा रोपिनुका साथैसाउने खिर तथा अग्नीहोत्र समेत गरि कार्यक्रम मनाईएको हो ।
कार्यक्रममा जानकी गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष धनीराम चौधरी, सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक खड्क शाही, ईलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी निरिक्षक राजेश शाही, विद्यालय शिक्षक प्रभारी भोजराज चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
राम चौधरीले स्वागत गरेको कार्यक्रमको संचालन पतञ्जली योग समिति कैलाली सदस्य सविता चौधरीले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार