पहिरो खस्दा भीमदत्त राजमार्ग पूर्णरूपमा अवरुद्ध



धनगढी । लगातार वर्षाका कारण कैलालीको चुरे गाउँपालिका–५, लिङलाडीमा पहिरो खस्दा भीमदत्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । शुक्रबार साँझ पहिरो खस्दा भीमदत्त राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
सडक अवरुद्ध हुँदा तराईबाट पहाड जाने र पहाडबाट तराई आउने सवारी साधन तथा यात्रु बाटोमा अलपत्र परेका छन् ।
सडकमा सल्लाका रूखसहित माटोको डिस्को खसेर राजमार्ग अवरुद्ध भएको सडम डिभिजन कार्यालय कुलपाते डोटीका इन्जिनियर महानन्द जोशीले जानकारी दिए । उनले डोजरले पहिरो पन्छाउने काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्