चुम्लिङटारमा बस दुर्घटना, सातको मृत्यु
चितवन । पृथ्वीराजमार्गकाे कुरिनटार नजिक चुम्लिङटारमा बस र ट्रक जुध्दा ज्यान गुमाउनेको सनाखत भएको छ । इलका प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । घटनास्थलमा ४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ भने तीन जनाको भरतपुर पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनास्थलमा रहेका चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकालका अनुसार घटनास्थलमा मृत्यु हुनेमा दुई महिला र दुईपुरूष छन्।
प्रहरीले २५ जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर पठाएकाे थियो। तिनैमध्ये तीन जनाको मेडिकल कलेजमा मृत्यु भएको हो। ट्रकसँग ठाेक्किएर बस सडकदेखि लगभग ७० मिटर तल त्रिशूली नदीतर्फ खसेकाे छ।
घटनास्थलमा रहेका उद्धारकर्ताका अनुसार बस खाेँचमा अड्केका कारण नदीमा पुग्नबाट राेकिएकाे हाे। उद्धारकार्य सकिएकाे प्रहरीले जानकारी दिएकाे छ।
ढकालका अनुसार अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेकाे ना ६ ख २५०६ नम्बरको बस मुग्लिन तर्फबाट गइरहेको ना ५ प ७४०९ को ट्रकसँग ११ बजेर ५५ मिनेट जाँदा ठक्कर खाएको हो। प्रहरी टाेली घटनास्थलतर्फ जाँदै गरेकाे छ। बस ट्रक ठोक्किँदा बस नदीमा खसेको भन्ने बाहेक थप विवरण नआएकोडीएसपी ढकाललेबताए।
मृतकहरु:-
१. जिल्ला पाल्पा बेगनासकालिका गा.पा. बस्ने बर्ष ३२ को अर्जुन न्यौपाने – मृतक।
२. हाल नाम थर वतन नखुलेको अं.बर्ष २/३ को बालक – मृतक।
३.हाल नाम थर वतन नखुलेको अं.बर्ष १८/१९ की महिला- मृतक।
४.जि.तनहुँ भानु न.पा.५ बस्ने बर्ष २७ को सुमित श्रेष्ठ – मृतक।
५. जिल्ला तनहु भन्सार बस्ने अं. बर्ष २७ की कमला श्रेष्ठ मृतक।
६. जिल्ला काठमाण्डौ बस्ने बर्ष ३० को रबिन गुरुङ मृतक।
७. जिल्ला तनहुं केशवटार बस्ने बर्ष ४० को बाबुराम तिवारी, मृतक।
घाईतेहरु:-
१. जि.धादिङ गजुरी बस्ने बर्ष २२को सन्तोष सुवेदी -मध्यम (गजुरी धादिङ लगेको)
पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत घाईतेहरु:-
१. बस चालक जिल्ला स्याङजा पुतली बजार न.पा.१ बस्ने बर्ष ५१ को उदयराज लामिछाने दाहिने हातमा चोट- अवस्था मध्यम।
२. जिल्ला चितवन कालिका न.पा. शक्तिखोर बस्ने बर्ष ९ को क्रिस गुरुङ टाउकोमा चोट – अवस्था मध्यम
३. जिल्ला कास्की पोखरा बस्ने बर्ष ४५ को भक्त ब.बस्नेत – अवस्था गम्भीर।
४. भारत बिहार बेतिया बस्ने फिरोज मिया -अवस्था गम्भीर।
५. जिल्ला नुवाकोट बिदुर न.पा.५ बस्ने बर्ष १८ को सौजन गजुरेल, अवस्था मध्यम।
६. जिल्ला कास्की पोखरा बस्ने बर्ष २५ को मेघ बहादुर पुन – अवस्था मध्यम।
७.जिल्ला तनहु डुम्रे भन्सार बस्ने बर्ष ५१ को बिष्णु कु.श्रेष्ठ – अवस्था मध्यम।
-इकान्तिपुर