२६ भाद्र २०८१, बुधबार

प्रदेश सरकार अपांग मैत्री : मन्त्री बोहरा



धनगढी । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई समक्ष प्रदेश ७ मा रहेको राष्ट्रिय अपांग महासंघ नेपालका प्रदेश अध्यक्ष भीमबहादुर शाह को टोलीले १० प्रकारकै अपांगहरुका पक्षमा कानुन बनाईदिन भन्दै ज्ञापनपत्र बुझाएका छन् ।
मन्त्री बोहरा समक्ष राष्ट्रिय अपांग महासंघका प्रदेश अध्यक्ष भीमबहादुर शाहले २७ बुँदे ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रको १ नम्बरमा भनिएको छ अपांग भएका महिलाहरु विरुद्ध हुने सबैखाले हिंसा र भेदभावको विरुद्ध कडा कानुन बनाइयोस् ।

झपटबहादुर बोहरा
आर्थिक मामिला तथा योजनामन्त्री, प्रदेश ७

मन्त्री बोहरा समक्ष पेश गरिएको ज्ञापनपत्रमा राष्ट्रिय अपांग महासंघ नेपालले अपांग भएका बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि अपांग अनुकुलको र बालमैत्री बनाउन माग गरेका छन्।
ज्ञापनपत्रमा अपांगहरुका लागि क्षमता विकास तालिम, सीपविकास, स्वरोजगार कार्यक्रममा अनिवार्य अपांग समावेश, १ जिल्ला एक आवाशिय विद्यालय, अौषधि उपचारमा सर्वसुलभ, लागयतका २७ बुँदे माग राखेका छन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री बोहराले प्रदेश सरकार अपांगमैत्री रहेको बताए । मन्त्री बोहराले अपांगहरुको पक्षमा प्रदेश सरकार आवश्य कानुन बनाउने पनि प्रतिबद्धता गरेका छन् ।
मन्त्री बोहराले सरकारले अपांगता भएका व्यक्तिहरुका लागि तत्काल सरकार हेल्पडेस्क सञ्चालन गर्न लागेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार