६ माघ २०८१, आईतवार

डाक्टर केसी अनशनको २६ औं दिन : समर्थनमा धनगढीमा जनप्रदर्शन



धनगढी । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका लागि २६ दिनदेखि आमरण अनशनमा रहेका बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द केसीले उठाएका माग पुरा गर्न तथा उनको जीवन रक्षाका लागि दवाव दिन बुधबार पनि धनगढीमा जनप्रदर्शन भएको छ ।
प्राध्यापक डाक्टर केसीले उठाएका माग पुरा गर्न तथा उनको जीवन रक्षाको माग गर्दै देशका विभिन्न भागमा केही दिनदेखि निरन्तर प्रदर्शनसहितका कार्यक्रम भइरहेका छन् ।
धनगढी सहित कैलालीका विभिन्न भागमा पनि विभिन्न पक्षबाट उनका मागको समर्थन गर्दै प्रदर्शन लगायतका कार्यक्रम भइरहेका छन् ।
डाक्टर केसीले उठाएका माग तीन करोड नेपालीको हितका पक्षमा भएको भन्दै बुधबार साँझ धनगढीको पार्कमोडमा जनदवावका लागि प्रदर्शन भएको थियो ।
लामो समयदेखि डाक्टर केसीको मागमा ऐक्यवद्धता जनाउँदै आएको ‘स्व:स्फुर्त युवा समूह’ को अगुवाईमा प्रदर्शन भएको थियो ।
स्व:स्फुर्त युवा समूहले तीन करोड नेपालीहरूका लागिसहज र सुलभ चिकित्सा शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवाको माग राख्दै १५ औँ पटक अनसनरत डाक्टर केसीले उठाएका माग सवै नेपालीका माग भएकाले जनदवाव सिर्जना गर्न प्रदर्शन गरेको जनाएको छ ।
दबाव समूहमा व्यवसायी, कर्मचारी, शिक्षक, विद्यार्थी, सर्वसाधारण, सम्पुर्ण नागरीक समाज, विभिन्न संघसस्थाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार