कुपोषणबाट बालिकाको मुत्यु
धनगढी । कैलालीको गोदावरी नगरपालिकामा १० महिने एक बालिकाको कुपोषणका कारण मृत्यु भएको छ ।
नगरपालिकाको धनचौरीका कलावती जोशी र हर्कराज जोशीकी १० महिने छोरी डम्वरा जोशीको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
मृतक डम्वराका हजुरआमा सुनकलाले आफनो नातिनीको हत्या गरेको भन्दै खवर गरेपछि प्रहरी टोली घटनास्थल गएको थियो । कैलाली प्रहरी प्रवक्ता हरिबहादुर वलीले सेती अञ्चल अस्पतालमा ल्याएर पोष्टमार्टम गर्दा घाउँचोट केही नदेखिएको र कुपोषणका कारण मृत्यु भएको बताए ।
बालकको हत्या भएको आशकामा पक्राउ गरिएका व्यक्तिहरुलाई छोडीसकिएको बताए । मृतक बालिकाकी बज्यैले भने आफनी नातिको हत्या नै भएको प्रहरीलाई बताएकी छन् ।
यसअघि पनि दुई छोराको ताराले हत्या गरेको सुनकलाले प्रहरीलाई जानकारी दिएका छन् । ताराका श्रीमान् हर्क जोशी सुस्त मनस्थितिका छन् ।