१२ श्रावण २०८१, शनिबार

नेविसंघद्वारा एक घण्टा चक्काजाम



सुखड । विद्यालय समायोजन तथा कक्षा तह घटाउने निर्णय फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले सोमबार कैलालीको घोडाघोडी नगरपालिका कार्यालय अगाडि एक घन्टा चक्काजाम गरेको छ ।
नगरपालिकाले केही साताअघि आफ्नो क्षेत्रमा रहेका सामुदायिक विद्यालय समायोजन (एकअर्कामा गाभ्ने) तथा कक्षा मिलान गरेको थियो ।
नगरपालिकाको सो निर्णयको विरोधमा रहेको नेविसंघले सोमबार नगरपालिका अगाडि चक्काजाम गर्ने क्रममा सडकमा टायर समेत बालेको थियो ।
नेविसंघ घोडाघोडी नगर समितिले नगरपालिकाले सरोकारवालाहरूसँग कुनै छलफल नै नगरी हचुवाको भरमा विद्यालय समायोजन गरेको आरोप लगाएको छ ।
संघका नगर संयोजक कलकजंग सिंहले नगरपालिकाका भित्रका विद्यालय समायोजन तथा तह घटाउने निर्णय सच्याउन पटकपटक मौखिक तथा लिखित रूपमा नगर प्रमुखलाई आग्रह गरिए पनि सुनुवाई नभएकाले आन्दोलनमा उत्रिनु परेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार