१२ माघ २०८१, शनिबार

पुष्पलाल स्मृति दिवसमा वृक्षारोपण



टीकापुर । ४० औं पुष्पलाल स्मृति दिवसको अवसरमा सोमबार कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ मा रहेको जातीय संग्रहालय परिसरमा वृक्षारोपण गरिएको छ ।
सो अवसरमा प्रदेश सभा सदस्य रतनबहादुर थापा, तीर्थराज उपाध्याय, रामप्रसाद चौधरी, वडा नम्बर ९ का अध्यक्ष खकेन्द्र भण्डारी, वडा नम्बर ३ का अध्यक्ष प्रदीपकुमार शाह, वडा नम्बर ८ का अध्यक्ष डम्बरबहादुर थारू, वडा सदस्य विजय रावल, साविक पथरैया गाविस पूर्व अध्यक्ष टेकबहादुर बम लगायतले रुख रोपेका थिए ।
सोमबार संग्रहालय परिसरमा तुलसीको विरुवा रोपिएको थियो । यस्तै पिपल, वर र समी सहितका रुख रोपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार