१ फाल्गुन २०८१, बिहीबार

जन्मदिनमा वृक्षारोपण



बौनिया । कैलालीका पत्रकार लीलाजंग शाहीले आफ्ना छोराहरूको जन्मदिनमा आइतबार वृक्षारोपण गरेका छन् ।
पत्रकार शाही कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको कोसेली एफएमका स्टेशन म्यानेजर हुन् ।
पत्रकार शाहीका जुम्ल्याहा छोराहरू गणेश बिक्रम र गोविन्दजंग (राम, लक्ष्मण) को १६ औं जन्मदिनको अवसरमा आइतवार पिपरकोटीमा वृक्षारोपण गरेको जनाइएको छ ।
उनले चरैला नदीले कटान गरेको क्षेत्रमा बाँस, अमला, लिची, कागती, अम्बा, अशोक, सगुन सहितका एक सय ५० रुख रोपिएको बताए ।
ती रुख इलाका वन कार्यालय चौमालाबाट उपलब्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार