२ जेष्ठ २०८१, बुधबार

प्रदेशका क्षेत्राधिकार बारे एकमत कामय हुने



धनगढी । सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले प्रदेश सरकारका काम, कारवाही बारे अनुभव आदान प्रदान गरेका छन । सो अवसरमा भएको आपसी छलफलमा सो मन्त्रालयबाट सञ्चालित हुने कार्यक्रम अझ प्रभावकारी बनाउन नीति तथा कानूनमा एकरुपता ल्याउने सल्लाह समेत भएको छ ।
शनिवार काठमाडौमा बसेको छलफलले सामाजिक विकास मन्त्रालयका कामको प्रभावकारिताका लागि एकअर्काले गरेका काम काम कार्बाहीको अनुभव आदानप्रदान लगातार गरिरहने निर्णय गरेको छ । प्रदेश सातका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीका अनुसार छलफलमा सातवटै प्रदेशका सामा नीति तथा कार्यक्रम आदान प्रदान गर्ने, प्रदेशको विकासका लागि प्रदेशको क्षेत्राधिकारका बारेमा समवुझाईको विकास गर्ने सहमति पनि भएको छ ।
छलफलमा प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरे, दुईका नवलकिशोर शाह, तीनका युवराज दुलाल, गण्डकी प्रदेशका नरदेवी पुन, पाँचका सुर्दशन बराल, कर्णलीका दल रावल र सातका सोडारीको उपस्थिति थियो । छलफलमा सातवटै प्रदेशका सामाजिक विकास मन्त्रलयबीचको सहयोग र समन्वयलाई बलियो बनाएर लैजाने सहमति समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार