३ जेष्ठ २०८१, बिहीबार

पूर्व विद्यार्थीद्वारा गुरुलाई नमन गरिने



धनगढी । धनगढी उपमहानगरपालिका–५, हसनपुरमा रहेको पञ्चोदय उच्च माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले गुरु पूर्णिमाको अवसर पारेर पूर्व तथा कार्यरत शिक्षकलाई नमन गर्ने कार्यक्रमको आयोजना गर्ने भएका छन् ।
धनगढीमा भएको पूर्व विद्यार्थीहरुको भेलाले साउन ११ गते पर्ने गुरु पूर्णिमाको अवसर पारेर पूर्व तथा कार्यरत शिक्षकलाई नमन गर्ने कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।
कार्यक्रमलाई सफल बनाउँन पूर्व विद्यार्थी किसनसिंह टेरको संयोजकत्वमा प्रमोद ओझा, भीम चौधरी, श्याम पाठक र कुवेरबहादुर शाही रहेको पाँच सदस्यीय समिति समेत गठन गरिएको छ ।
कार्यक्रमलाई सफल बनाउँन सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई अनिवार्य रूपमा सहभागिताको लागि अनुरोध गरिएको छ । कार्यक्रम विहान साढे ७ बजेदेखि शुरु हुने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार