२ जेष्ठ २०८१, बुधबार

डाक्टर केसीका पक्षमा प्रदर्शन



अत्तरिया । चिकित्सा शिक्षा सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनरत चिकित्सक डा. गोविन्द केसी पक्षमा अत्तरियामा शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।
शुक्रबार साँझ अत्तरिया चोकमा जम्मा भएकाहरूले विरोधको नया शैली अपनाएर प्रर्दशन गरेका हुन् ।
कार्यक्रममा सहभागीहरू सबैले दुई हात जोडी नमस्ते गरेर केसीको पक्षमा प्रर्दशन गरेका छन् । स्वतस्फुर्त नेपाली समूहले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस र विवेक शिल साझा पार्टीसँग सम्बद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।

विपद प्रतिकार्य सम्बन्धी कार्यक्रम
अनुमोदन समाचार/लम्की
समुदायको विपद् प्रतिकार्यका लागि क्षमता विकास कार्यक्रम शुक्रबार कैलालीको लम्कीमा भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीको आयोजना र बलिया उपशाखाको सहकार्यमा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार