१२ माघ २०८१, शनिबार

धारिलो हतियार प्रहारबाट एकको मृत्यु



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–७, मनकापुरमा धारिलो हतियार प्रहारबाट एकको मृत्यु भएको छ । हतियार प्रहारबाट स्थानीय मानबहादुर समैमगरको ज्यान गएको हो ।
उनलाई हतियार प्रहार गर्ने नरबहादुर विक र उनका छोरा रमेश विकलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
उनको मसुरियामा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको थियो ।
मंगलबार साउने संक्रान्ति मनाउने क्रममा भएको विवादको दुबै बाबुछोराले बुधबार समैमगरमाथि आक्रमण गरेको हुनसक्ने प्रहरी नायव उपरिक्षक हरि ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार