२ जेष्ठ २०८१, बुधबार

हिमाली क्षेत्रका बासिन्दाले मागे विकास



धनगढी । बझाङको दुर्गम हिमाली क्षेत्रका बासिन्दाहरू विकासको माग गर्दै ७ नम्बर प्रदेशका मुख्यमन्त्री समक्ष पुगेका छन् ।
चीनसँग सीमाना जोडिएको सो गाउँपालिकाका स्थानीयहरूले यातायात सुविधाबाट निकै टाढा भएको मुख्यमन्त्रीलाई सोमबार भेटेर गुनासो गरे ।
तल्कोट काँडा हुँदै धुली सडक उपभोक्त समितिका अध्यक्ष समिपकुमार बोहराको संयोजकत्वमा आएको टोलीले तल्कोट–धलौन–काँडा हुँदै धुलीसम्मको सडकमा आवश्यक रकम विनियोजन गरे । टोलीसँग नेकपाकी प्रदेश सांसद माया तामाङको पनि उपस्थित रहेको थियो ।
अध्यक्ष बोहराले बझाङ जिल्लाको सदरमुकामदेखि गाउँपालिका पुग्न दिन पैदल यात्रा हिड्नुपर्ने कठिनाई रहेको बताए । उनले सो सडक चीन जोड्ने एकदमै छोटो बाटो रहेको बताए । उनले जिल्लाका सबै स्थानीय तहहरू यातायातको पहुँचमा पुगिसकेको तर, सइपालका स्थानीयले अहिलेसम्म कठिन यात्रा गर्नुपरिरहेको बताए ।
भेटका क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले सडक सञ्जालमा आवश्यक रकम विनियोजन गर्ने विषयमा प्रदेशका मन्त्री तथा सांसदहरूसँग छलफल गर्ने र सो क्षेत्रको विकासमा गम्भीर हुने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार