२ जेष्ठ २०८१, बुधबार

उपराष्ट्रपति कप महिला फुटवल : कैलालीको विजयी सुरुवात



धनगढी । रौतहटमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगितामा कैलालीले विजयी सुरुवात गरेको छ ।
आइतबार भएको पहिलो खेलमा कैलालीले झापालाई २–१ गोल अन्तरले पराजित गर्‍यो ।
अखिल नेपाल फुटवल संघको आयोजनामा भइरहेको प्रतियोगितामा आइतबारको खेलमा कैलालीका तर्फबाट दोस्रो हाफमा सुस्मीता दवाडीले र मनकुमारी चौधरीले एक/एक गोल गरेको टिमका सहायक प्रशिक्षक महेश गोलेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार