११ श्रावण २०८१, शुक्रबार

पूर्व युवराज पारस धनगढीमा



धनगढी । पूर्व युवराज पारस शाह धनगढी आइपुगेका छन् । कर्मनिष्ट अभियानका क्रममा देशव्यापी भ्रमणमा निस्किएका पूर्व युवराज पारस बुधबार साझ धनगढी आइपुगेका हुन् ।
धनगढी पुगेसँगै उनलाई भेट्न समर्थकहरूको ठूलो भीड लागेको छ । शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतले पूर्व युवराज पारस देश र जनताको अवस्था बुझ्न र कर्मनिष्ठ अभियानका क्रममा धनगढी आएको बताए । उनले पूर्व युवराज पारस दुई सातासम्म प्रदेश नम्बर ७ को भ्रमण रहने बताए ।
गत ९ गते लमजुङबाट कर्मनिष्ठ अभियान शुरु गरेका पूर्व युवराज पारस मनकामना र गोरखनाथ मन्दिरको दर्शनपछि समर्थक सहित स्थलमार्ग भएर देशव्यापी भ्रमणमा निस्किएको जनाइएको छ ।
लमजुङ, गोरखा, पोखरा, रूपन्देही हुँदै नेपालगञ्ज भएर पूर्वयुवराज पारस धनगढी आइपुगेको र उनको दुई साता धनगढी लगायत प्रदेश ७ का विभिन्न ठाउँमा भ्रमण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार