महिला फुटवलका लागि कैलाली टिम छनोट



धनगढी । आसन्न उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटवल प्रतियोगितामा सहभागी बन्नका लागि कैलालीको टिम छनोट भएको छ ।
अखिल नेपाल फुटवल संघको आयोजनामा हुने राष्ट्रिय महिला फुटवल प्रतियोगिताका लागि मंगलबार धनगढी वडा नम्बर १२ जुगेडामा खेलाडी छनौट गरिएको थियो ।
कैलालीका विभिन्न स्थानबाट आएका एक सय भन्दा बढी महिला खेलाडी सहभागीमध्ये दुई जना वैकल्पिक खेलाडी सहित १८ जनाको टिम छनोट भएको कैलाली जिल्ला फुटवल संघका सदस्य चन्द्र बमले जानकारी दिए ।
कैलालीको महिला टोलीमा रेविका पाण्डेय, बसौती नाथ, तुलसी माझी, अस्विना तामाङ, मोनिका पुलामीमगर, गंगा अधिकारी, मनकुमारी चौधरी, महिमा चौधरी, सुशीला चौधरी, ललिता रावल, कमला बिष्ट, अप्सरा भुषाल, सुस्मिता दवाडी, प्रतिक्षा चौधरी र सिर्जना सुनार छनोट भएका छन् । त्यस्तै, कल्पना बिष्ट र सरस्वती रोकाया वैकल्पिक सदस्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्