१२ श्रावण २०८१, शनिबार

बाढीपहिरोग्रस्त क्षेत्रमा उच्चसतर्कता अपनाउन आग्रह



धनगढी । बाढी पूर्वानुमान शाखाले बाढी तथा पहिरोग्रस्त क्षेत्रमा उच्च सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।
आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने भएकाले सबै स–साना खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेकोले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । त्यस्तै पहाडी क्षेत्रको पहिरोग्रस्त क्षेत्रमा समेत उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।
सोमबार बिहान छ बजे जारी गरिएको बाढी बुलेटिनले नदीहरूको जलसतह मापनमा बिहानसम्म सबै प्रमुख नदीहरूमा जलसतह सामान्य रहेको उल्लेख छ ।
सा“झ ६ बजे बाढी पूर्वानुमान शाखाका अनुसार देशभरीका प्रमुख नदीहरूको जलसतह सामान्य रहेपनि बढ्दै गएको देखाइएको छ । बाढी शाखाका अनुसार महाकाली नदीको बहाब घट्दै गएको देखाएको छ भने कर्णाली नदीको बहाब बढी रहेको देखाएको छ ।
शाखाअनुसार साँझ छ बजेसम्म महाकाली दार्चुला (दत्तु) मा दुई दशमलब सात सय ३९ मिटर मापन गरिएको छ । सो नदीमा पाँच दशमलब ८० मिटर सर्तकर्ता र छ दशमलब ५० मिटर पुगेमा खतरा मानिएको छ । त्यस्तै महाकाली पारिगाउँमा चार दशमलब एक सय ४५ मिटर मापन गरिएको छ । सो नदीमा पाँच दशमलब ८० मिटर सर्तकर्ता र सात मिटरलाई खतरा मानिएको छ ।
त्यस्तै, कर्णाली चिसापानीको बहाव बढीरहेको देखिएको छ । सो नदीमा पाँच दशमलब ३७ मिटर मापन गरिएको छ । सो नदीमा १० मिटर सर्तकर्ता र १० दशमलब आठ मिटर पुगेमा खतरा मानिएको छ ।
सोमबार जारी भएको मौसम पूर्वानुमान महाशाखाको बिहान ८ बजेको तथ्यांकअनुसार काठमाडौंमा १८.३ मिलिमिटर वर्षा भएको छ । पोखरामा ७०, धनगढीमा १५, डडेल्धुरामा पा“च र ओखलढुंगामा तीन मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै, सा“झ बजेको तथ्यांकअनुसार काठमाडौंमा १८ दशमलब वर्षा भएको छ । पोखरामा ९४ दशमलब पाँच, धनगढीमा पाँच दशमलब आठ, डडेल्धुरामा आठ दशमलब पाँच र ओखलढुंगामा शन्य मिलिमिटर वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे सोमबार एक विज्ञप्ति जारी गर्दै दिउसोको समयमा सामान्य बदली र देशका कतिपय स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको औंल्याएको हो ।
महाशाखाका अनुसार, सोमबार दिउसो देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा भएको छ भने देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाका साथै पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
त्यसैगरी, मंगलबार दिउसो सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साँझ पनि देशभरि नै बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै देशको पूर्व र पश्चिम क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
बुधबार पनि देशभरि नै सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, सोही दिन रातको समयमा पनि देशभरि नै बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै, मध्य तथा पश्चिम क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार