११ श्रावण २०८१, शुक्रबार

नेविसंघको आपत्ति– मेयरले एकलौटी रूपमा निर्णय गरिरहेका छन्



सुखड । नेपाल विद्यार्थी संघले कैलालीको घोडाघोडी नगरपालिका प्रमुखले सार्वजनिक महत्त्वका विषयमा एकलौटी ढंगले निर्णय गरिरहेको भन्दै आपत्ति जनाएको छ ।
नेविसंघको घोडाघोडी नगर समितिले नगर प्रमुख ममताप्रसाद चौधरीले शुरुदेखि नै महत्त्वपूर्ण निर्णयहरू आफूखुसी ढंगले गरिरहेको आरोप लगाएको छ ।
नेविसंघले आइतबार जारी गरेको विज्ञप्तिमा नगरप्रमुख चौधरीले शिक्षा क्षेत्रमा समेत दलगत राजनीति गर्न खोजेको आरोप लगाइएको छ । “पछिल्लो समय निकै चर्चामा रहेको विद्यालय समायोजन प्रक्रियामा पनि सरोकारवालाहरूसँग छलफल र बहस बिना नै एकलौटी रूपमा निर्णय गरिएको छ” नेविसंघ घोडाघोडी नगर कमिटी अध्यक्ष कलकजंग सिंहद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ– “जनताको हित विपरित आफूखुसी ढंगले निर्णय गर्ने कार्य तत्काल सच्याइयोस् ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार