१२ श्रावण २०८१, शनिबार

मानव अधिकार उलंघनको अवस्थामा सुधार हुन सकेन



सुखड । राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश नम्बर ७ मा मानव अधिकार उलंघनको अवस्थामा सुधार हुन नसकेको जनाएको छ । प्रदेश नम्वर सातमा विगतको तुलनामा राजनीतिक, नागरिक अधिकारमा केही सुधार भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक, महिला तथा बाल अधिकारमा खासै सुधार हुन नसकेको आयोगले जनाएको छ ।
आयोगको क्षेत्रीय कार्यालय, धनगढीका दीपध्वजजंग कार्कीले सामान्य मानव अधिकार हनन्का घटनामा सुधार आए पनि स्वास्थ्य, शिक्षा, आवास, रोजगारी तथा महिलाका अधिकार उलंघनका घटनामा सुधार हुन नसकेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर ७ मा हाल दुई सय १८ ओटा उजुरी अनुसन्धान प्रक्रियामा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार