१२ श्रावण २०८१, शनिबार

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु



लम्की । कैलालीको लम्कीचुहा–९, प्रतापुरमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रतापुरका ३५ वार्षिय ईन्द्र चौधरीले आफ्नै श्रीमती गर्भी चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यलय लम्कीले जनाएको छ ।
हिजो राति दुबै जनाले मदिरा सेवन गरेको र त्यसपछि सामान्य विवाद हुँदा कुटपिट गरेको ईन्द्रबहादुरले प्रहरी सामु बताएका छन् । प्रहरीलाई बिहीवार बिहान मात्रै जानकारी भएको थियो ।
श्रीमानको कुटाइ मात्र ज्यान गुमाएकी गर्भीको आँखाको र घुडामा चोट लागेको छ । ईन्द्रलाई इलाका प्रहरी कार्यलय लम्कीले नियन्त्रणमा लिएको छ भने शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार