कटैनी नदीमा डुबेर दुई बालकको मृत्यु



धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ११ शिवपुरमा कटैनी नदीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।
स्थानीय कटैनी नदीमा मंगलबार साँझ साथीहरूसँगै नुहाउन गएका शिवपुरका हर्क भुलका आठ वर्षीय छोरा सचिन भुल र सोही स्थानका बाधुराम चौधरीका १२ वर्षीय छोरा अमन चौधरीको ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्