स्ववियुले बुझायो ज्ञापनपत्र



धनगढी । कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
स्ववियुले कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालको आंगीक क्याम्पस बनाउनु पर्ने मुख्य मागसहित ज्ञापनपत्र बुझाएको जनाएको छ ।
स्ववियु सभापति चुडामणि भट्टले ज्ञापनपत्रमार्फत क्याम्पस व्यवस्थापन समिति वैधानिक तरिकाले निर्माण गर्नुपर्ने, क्युएए प्राप्त गर्दा गरिएका प्रतिवद्धता पुरा गर्नुपर्ने लगायतका माग रहेको बताए ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले हालै प्रदेश सातका १४ वटा क्याम्पसलाई आंगीक बनाएको छ । ती क्याम्पसका प्राध्यापकदेखि सबै कर्मचारीलाई आइतबार नियुक्ती दिइसकेको छ ।
तर, कैलाली बहुमुखी क्याम्पसले भने सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बन्न अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्