१७ बैशाख २०८१, सोमबार

उपमहानगर डुवान भएका बस्तीको पानी निकास गर्दै



धनगढी । धनगढी उपमहानगरपालिकाले नगरक्षेत्रमा डुवानमा परेका बस्तीहरूको पानी निकास गर्न थालेको छ ।
उपमहानगरपालिका वडा नम्बर १३ को मोहनपुर क्षेत्र डुवानमा परेको छ । निर्माण हुँदै गरेको मोहना–अत्तरिया छ लेन सडकले पानीको निकास रोकिएपछि मोहनपुर क्षेत्र डुवानमा परेको स्थानीयले बताए ।
धनगढी उपमहानगरपालिकाले डुवान भएका बस्तीबाट डोजर लगाएर पानी निकास गर्ने कार्य भईरहेको जनाएको छ ।
उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले मोहनपुरमा डोजर लगाएर पानीको निकास गर्ने काम भईरहेको बताए । डोजरले सडकको एकापट्टीको बस्तीबाट पानी निकास गरिसकेको अर्को पट्टीको पानी निकास सोमबार रातिसम्म भइसक्ने उनले बताए ।
“छ लेन सडक निर्माण गर्ने क्रममा पुराना नालीहरू पुरिएका छन्” धनगढी उपमहानगरपालिका १३ नम्बर वडाका अध्यक्ष विजय जोशीले भने– “यसले मोहनपुर लगायतका क्षेत्रमा बढी जलमग्न भएको अवस्था छ ।”
त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा पनि पानी निकास गर्न डोजर प्रयोग गरिएको छ ।
डुवान भएकार सम्भावित डुवान हुने क्षेत्रमा उपमहानगरपालिकाको उद्धार टोली खटाइएको नगरपालिकाले जनाएको छ ।

 

सम्बन्धित समाचार

अविरल वर्षापछिका कारण १० काे ज्यान गयाे

चिसापानी जोखिम घोषित

कैलालीमा भारीवर्षा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार